Recent News:
Sanitation Status of the Nepal, 2075
खुला दिसामुक्त हुदै दार्चुला र कैलाली
सरसफाइ नारा :
खुला दिसामुक्त गर्नु छ - २०१७ भित्र, सक्षम र जिम्मेवार छ - स्थानीय नेतृत्व । स्वास्थ्य तथा सरसफाइ सप्ताहको आधार - चर्पी निर्माण, प्रयोग गर्ने बानी गरौ सुधार ।
एक घर एक चर्पी भन्ने हाम्रो नारा - खुल्ला दिसामुक्त देश बनाउन लागि परौ सारा ।
घर देखी सुरू गरी नेपाल देशैलाई चिनाउ - स्वस्छ गाउ बनाउनलाई सबै मिली हिदौं ।
मुहान सुके धारा सुके सुके खोला पनि - जलवायु परिवर्तनको यहि हो असर भनि ।
हाम्रा घरका साना नानी कति राम्रो बानी - हात धुन्छन प्रयोग गरी साबुन र पानी ।
चर्पी बनाई प्रयोग गरे हुन्न शरम घृणा - पशु जस्तै दिसा गर्ने गए त्यस्ता दिन ।
स्वाभिमानी नेपाली हौँ भिखारी त हइनौ - खुल्ला दिसा मुक्त देश बनाउन पछि हट्ने छैनौ ।
घरघरमा बनाउ चर्पी ठाउँठाउँमा धारा - सरसफाइमा ध्यान दिई स्वस्थ्य रहुँ सारा ।
मोबाइल खर्च घाटाऔँ - चर्पी बनाऔं ।
खुला दिसा - यमलोकको भिसा ।
खुला दिसा मुक्त अभियान - रास्ट्रको पहिचान ।
सफा र स्वच्छ रहौं - सरुवा रोगबाट बचौ ।
सबै जनता सबै दल - सरसफाइमा लगाउ बल ।
आफ्नो घर र सदक र टोललाई आजै सफा गरौ - भोलि नभनौ ।
हातमा कुचो मनमा जोस लिई फोहर भगऔ - जनचेतना जगऔ ।
आफ्नो घर छिमेकमा सबै जुटौं - फोहोर व्यवस्थापनका लागि उठौं ।
सफा राखौं पानीका मुहानहरु, सुधारौ फोहर गर्ने बानी - फोहरलाई बनाऔ मोहरको खानी, जानी राखुन हाम्रा नानी ।
हाम्रो बारे
नेपालको सरसफाइ अभियानलाई केन्द्रीय तहमा समन्वय, सहजीकरण, आवधिक कार्यक्रमको विकास तथा तर्जुमा, सरसफाइको प्रचारप्रसार, जनचेतना र पैरवीमार्फत सरसफाइ प्रवद्र्धन गर्ने हेतुले सरसफाइ गुरुयोजना २०६८ मा राष्ट्रिय सरसफाइ समन्वय समिति व्यवस्था गरिएको छ । सरसफाइ र स्वच्छताका क्षेत्रमा काम गर्ने केन्द्रीय तहका सरकारी, विकास साझेदार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैसस., नागरिक समाज र उपभोक्ता समितिहरु सदस्य रहेको यस समितिले विभिन्न क्षेत्र तथा निकायहरुबाट सरसफाइको क्षेत्रमा पुर्‍याउन सक्ने संम्भाब्य योगदानको खोजी गर्दछ । सन् २०१७ सम्म सरसफाइमा सवै घरधुरीको पहुँच पुर्‍याउनका लागि क्षेत्रीय, जिल्ला, नपा एवं गाविस तहका समन्वय समितिहरुसँग कार्यक्रम, स्रोत, मानव संसाधन आदिको समन्वय तथा व्यवस्थापनमा सहयोग पुर्‍याउँछ । साथै स्थानीय परिवेश र अवस्था अनुसार उपयुक्त हुने सचेतनामूलक एवं सरंचनामूलक क्रियाकलाप तथा प्रविधिहरुको खोजी, अध्ययन तथा अनुसन्धान गरी सरसफाइ प्रवद्र्धनमा प्रभावकारीता र दिगापना कायम गर्न सहयोग गर्दे आएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ महाशाखाका सह–सचिव अध्यक्ष रहने यस समितिको सचिवालय खानेपानी तथा ढल निकास विभाग रहेको छ । साथै उक्त विभागको वातावरणीय सरसफाइ शाखाको शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ।

E-Bulletin

Check your inbox or spam folder now to confirm your subscription.