२०७२ वैशाख १२ गते गएको महाभुखम्पका कारण मुक्यगरी पहाडी जिल्लाहरु रसुवा, सिन्धुपाल्चोक, धादिंग ,दोलखा , रामेछाप , नुवाकोट मा धेरै क्षति पुगेको थियो । त्यसैका कारण त्यहाको चर्पीको संरचनाहरु पनि भत्किएको र मानिसहरु खुला ठाउँमा दिसापिसाब बाध्य भएका थिए । यसले नेपालमा चलिराहेको खुला दिसा मुक्त अभियानलाई निकै असर पुर्य़एको थियो ।
खानेपानी तथा ढल निकास बिभागको वातावरणीय सरसफाइ साखा र छेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, काठमाडौँ को सहकार्यमा २०७३ चैत्र १ गते नुवाकोटको होटेल सप्तरंगीमा, धादिंग, रसुवा र नुवाकोट जिल्लाको सरसफाइको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
त्यसै गरी २०७३ चैत्र ३ गते दोलख जिल्ला को होटेल सुभकामनामा दोलखा , रामेछाप र सिन्धुपाल्चोक जिल्लाको सरसफाइको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।